दफा १०५
म्याद तामेली सम्बन्धी कार्यविधि

(१) अदालतले म्याद तामेल गर्नको लागि तामेल गर्नु पर्ने म्यादको तीन प्रति तयार गरी तामेलदारलाई बुझाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम तामेलदारले म्याद बुझिसके पछि निजले सम्बन्धित व्यक्ति चिनेको भए सो कुरा उल्लेख गरीनिजलाईजहाँसुकै फेला पारे पनि म्याद बुझाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित व्यक्ति फेला नपरेमा तामेलदारले निजको बसोबासको ठेगानामा गई घर वा डेरा पत्तालगाईसम्बन्धित व्यक्तिको पहिचान गरी स्थानीय तहको सम्बन्धित वडा अध्यक्ष, वडा सदस्य, सचिव वा कुनै सरकारीकर्मचारी रकम्तीमा दुई जना स्थानीय व्यक्ति रोहबरमा राखी म्याद तामेल गरेको मिति लेखी सम्बन्धित व्यक्तिलाई सो म्यादबुझाईभरपाई गरी लिनु पर्नेछ ।
(४) म्याद जारी भएको व्यक्ति फेला नपरेमा अदालतले उपदफा (३) को कार्यविधि पूरा गरी त्यस्तो व्यक्तिको एकाघरकोउमेरपुगेको अन्य कसैलाई म्याद बुझाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम सम्बन्धित व्यक्ति वा निजको एकाघरको उमेर पुगेको कुनै व्यक्ति पनि फेला नपरेमा वा फेला परेपनिम्याद बुझी नलिएमा तामेलदारले उपदफा (३) मा लेखिएका व्यक्तिको रोहबरमा त्यस्तो व्यक्तिले बसोबास गरेको घरकोदैलोमा सबैले देख्ने ठाउँमा टाँसी सोही व्यहोरा म्यादमा उल्लेख गरी तामेल गर्नु पर्नेछ ।
(६) उपदफा (२), (३), (४) र (५) बमोजिमको कार्यविधि अवलम्बन गरी म्याद तामेल गर्दा अदालतमा दाखिल गर्ने म्यादकोपीठमाकुन व्यक्तिलाई के कस्तो कार्यविधि पूरा गरी म्याद बुझाई वा म्याद टाँस गरी तामेल भएको हो सो मिति र समयउल्लेखगरी बुझाएको वा टाँसिएका बखत उपदफा (३) मा उल्लेखित व्यक्तिहरू समेतको प्रष्ट बुझिने गरी सहीछाप गराउनुपर्नेछ ।
(७) उपदफा (६) बमोजिम तामेल गरिएको म्यादको प्रतिमा तामेलदारले आफ्नो सहीछाप गरी त्यसको प्रतिवेदन सहितकोम्यादकोप्रति अदालतमा बुझाउनु पर्नेछ ।
(८) उपदफा (५) बमोजिम घर दैलामा टाँसी म्याद तामेल गरिएको भए तामेलदारले त्यस्तो म्याद सूचनाको तेस्रो प्रतिमासोकोतामेली मिति र समय जनाई सम्बन्धित स्थानीय तहमा बुझाई सोको छुट्टै भरपाई गराई लिई वा तामेली प्रतिको पीठमासोकुरा जनाई स्थानीय तहको सम्बन्धित वडा अध्यक्ष, सदस्य, सचिव वा कुनै सरकारी कर्मचारीकोे सहीछाप गराउनुपर्नेछ ।
(९) उपदफा (८) बमोजिम तामेलदारले म्याद बुझाएकोमा सम्बन्धित स्थानीय तहले तुरुन्त त्यस्तो म्याद आफ्नो सूचनापाटीमाटाँस्नु पर्नेछ ।
(१o) यस दफा बमोजिम घर दैलोमा टाँस गरिएको म्यादको प्रति सम्बन्धित स्थानीय तहलाई नबुझाएको वा स्थानीय तहलेआपूmलेपाएको म्याद आफ्नो सूचना पाटीमा नटाँसेको भए तापनि उपदफा (५) बमोजिम सम्बन्धित व्यक्तिको घर दैलोमा म्यादरीतपूर्वक टाँसिएको भए कानूनसम्मत ढङ्गबाट म्याद तामेल गरिएको मानिनेछ ।
(११) कुनै सङ्गठित संस्थालाई कुनै मुद्दाका सम्बन्धमा म्याद तामेल गर्नु पर्दा त्यस्तो संस्थाको रजिष्टर्डकार्यालय,प्रधान कार्यालय वा कारोबारको मुख्य कार्यालयमा त्यस बखत मुख्य भई काम गर्ने व्यक्तिलाई तामेल गर्नु पर्नेछ।तर त्यस्तो व्यक्ति उपलब्ध नभएमा त्यस्तो संस्थाको त्यस्तो कार्यालयमा कार्यरत कुनै पदाधिकारी वाकर्मचारीलाई म्याद बुझाई तामेल गर्न सकिनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति”भन्नालेसङ्गठित संस्थाको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले त्यस्तो संस्थाको अध्यक्ष, उपाध्यक्ष,सचिव,प्रबन्ध सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक वा कम्पनीको हकमा कम्पनी सचिव समेतलाई जनाउँछ ।
(१२) उपदफा (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालय, संवैधानिक निकाय वा अदालतको नाममा म्यादतामेलगर्दा त्यस्तो कार्यालयको प्रमुख, प्रशासकीय प्रमुख वा त्यस्तो जिम्मेवारी पाएको कुनै पदाधिकारी वा निजकोनिमित्त भई काम गर्ने पदाधिकारी र त्यस्तो कुनै पदाधिकारी उपलब्ध हुन नसकेमा सोही कुरा उल्लेख गरी त्यस्तोकार्यालय, निकाय वा अदालतमा म्याद बुझाई तामेल गर्नु पर्नेछ ।
(१३) कुनै सरकारी कार्यालय, संवैधानिक निकाय, अदालत, कुनै सङ्गठित संस्था वा त्यसका पदाधिकारी वा कर्मचारीकोनाममा सोहैसियतमा म्याद तामेल गर्नु पर्दा त्यस्तो कार्यालय, निकाय, अदालत वा संस्था वा त्यसका पदाधिकारी,कर्मचारीलाईबुझाई तामेल गर्नु पर्नेछ ।
(१४) उपदफा (११), (१२) र (१३) बमोजिम म्याद तामेल हुन नसकेमा सोको कारण सहित तामेलदारले सम्बन्धित अदालतमा तीनदिनभित्र प्रतिवेदन दिनु पर्नेछ ।
(१५) उपदफा (१४) बमोजिम प्रतिवेदन पेश हुन आएमा अदालतले त्यस्तो कार्यालय, निकाय, अदालत वा सङ्गठित संस्था वात्यसकापदाधिकारी वा कर्मचारीको नाममा सो हैसियतमा हुलाक मार्फत म्याद तामेल गर्ने आदेश दिन सक्नेछ ।
(१६) उपदफा (१५) बमोजिम आदेश भएकोमा त्यस्तो कार्यालय, निकाय, अदालत वा सङ्गठित संस्था वा त्यसका पदाधिकारी वाकर्मचारीको सो हैसियतमा म्याद पठाउँदा सोही व्यहोरा उल्लेख गरी सम्बन्धित अदालतबाट रजिष्ट्ररी पत्र पठाईतामेलगर्न सकिनेछ ।
(१७) उपदफा (१६) बमोजिम हुलाकद्वारा पठाएको म्यादको फिर्ती रसिद अदालतमा दाखिल भएपछि सो म्याद अन्यथा प्रमाणितभएकोमाबाहेक रीतपूर्वक तामेल भएको मानिनेछ ।
(१८) कुनै स्थानीय तहको क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिको घर धुरी वा ब्लक नम्बर कायम भई क्रमबद्ध रूपमाअङ्कितगरी अभिलेख कायम गरिएको भएमा सो ठाउँमा वा त्यस्ता व्यक्तिले आफ्नो कारोबार, व्यवसाय वा कुनै विषयमाहुलाकद्वाराम्याद तामेल गर्न सक्ने गरी अदालतले मञ्जुरी दिएको रहेछ भने यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनिअदालतले सो व्यवस्थाको अधीनमा रही म्याद तामेल गर्न सक्नेछ ।
(१९) कुनै सरकारी कार्यालय, संवैधानिक निकाय, अदालत वा सङ्गठित संस्थाको पदाधिकारी वा कर्मचारीको रूपमा रहेकोकुनैव्यक्तिका नाममा जारी भएको म्याद उपदफा (२), (३), (४) र (५) बमोजिम तामेल गर्न नसकिएको भन्ने सम्बन्धिततामेलदारको प्रतिवेदन प्राप्त भएमा अदालतले त्यस्तो व्यक्तिलाई उपदफा (१३) वा (१५) बमोजिम म्याद तामेल गर्नआदेशदिन सक्नेछ ।
(२०) उपदफा (१९) बमोजिम आदेश भएमा अदालतले त्यस्तो आदेश बमोजिम सम्बन्धित व्यक्तिको नामको म्याद सूचना तामेलगर्नेछ।
(२१) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाका पक्ष विपक्षले कुनै लिखत, सम्बन्धित विषय वाकारोबारकोविषयमा एकअर्कालाई सूचना गर्न वा विवादको सम्बन्धमा म्याद पठाउन इमेल, फ्याक्स जस्ता विद्युतीय सूचना आदानप्रदान गर्ने ठेगानाको व्यवस्था गरेको भए अदालतले त्यस्तो ठेगानामा विद्युतीय सूचना मार्फत म्याद तामेल गर्नसक्नेछ ।
(२२) यस दफाका विभिन्न उपदफामा उल्लिखित कार्यविधि अवलम्बन गर्दा पनि सम्बन्धित व्यक्तिको नाममा म्याद तामेल हुननसकेको व्यहोराको प्रतिवेदन तामेलदारबाट प्राप्त भएमा र प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले त्यस्तोव्यक्तिको नामको म्याद राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्न आदेश दिनेछ ।
(२३) उपदफा (२२) बमोजिम आदेश भएकोमा सोही आदेश बमोजिम म्याद तामेल गरिनेछ ।
(२४) उपदफा (२२) बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्दा लागेको खर्च सम्बन्धितपक्षले व्यहोर्नु पर्नेछ ।